आज विदेशी मुद्राको विनिमयदरमा वृद्धि, अमेरिकी डलरदेखि युरोसम्म महँगो

hitkhabar.com


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरमा प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको मूल्य वृद्धि भएको छ। अमेरिकी डलर, युरो, पाउण्ड, फ्रयांकलगायतका मुद्रामा आज सानो प्रतिशतले वृद्धि देखिएको बैंकले जनाएको छ।

बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२.९८ रुपैयाँ तथा बिक्रीदर १४३.५८ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, युरो एकको खरिददर १६६.३१ रुपैयाँ र बिक्रीदर १६७.०१ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङको खरिददर १८९.१६ रुपैयाँ र बिक्रीदर १८९.९६ रुपैयाँ, स्वीस फ्रयांकको खरिददर १७८.१३ रुपैयाँ र बिक्रीदर १७८.८८ रुपैयाँ तोकिएको छ।

अष्ट्रेलियन, क्यानेडियन तथा सिङ्गापुर डलरको दरमा पनि वृद्धि देखिएको छ।

अष्ट्रेलियन डलरको खरिददर ९३.६८, बिक्रीदर ९४.०७ रुपैयाँ, क्यानेडियन डलरको खरिददर १०२.२६, बिक्रीदर १०२.६९ रुपैयाँ, सिङ्गापुर डलरको खरिददर ११०.४०, बिक्रीदर ११०.८६ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, जापानी येन १० को खरिददर ९.२१ रुपैयाँ र बिक्रीदर ९.२५ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर २०.२२ रुपैयाँ र बिक्रीदर २०.३० रुपैयाँ रहेको छ।

साउदी रियालको खरिददर ३८.१०, बिक्रीदर ३८.२६ रुपैयाँ, कतारी रियालको खरिददर ३९.२४, बिक्रीदर ३९.४० रुपैयाँ, युएई दिरामको खरिददर ३८.९३, बिक्रीदर ३९.०९ रुपैयाँ, मलेसियन रिङ्गेटको खरिददर ३४.६१, बिक्रीदर ३४.७६ रुपैयाँ, थाई भाटको खरिददर ४.४७, बिक्रीदर ४.४९ रुपैयाँ निर्धारण गरिएको छ।

यस्तै, दक्षिण कोरियन वन (१००) को खरिददर ९.७४ रुपैयाँ र बिक्रीदर ९.७८ रुपैयाँ, स्वीडिस क्रोनरको खरिददर १५.१७, बिक्रीदर १५.२४ रुपैयाँ, डेनिस क्रोनरको खरिददर २२.२७, बिक्रीदर २२.३६ रुपैयाँ निर्धारण गरिएको छ।

कुवेती दिनारको खरिददर ४६५.९८, बिक्रीदर ४६७.९३ रुपैयाँ, बहराइन दिनारको खरिददर ३७९.२६, बिक्रीदर ३८०.८५ रुपैयाँ, ओमानी रियालको खरिददर ३७१.३७, बिक्रीदर ३७२.९३ रुपैयाँ कायम भएको छ।

यस्तै, नेपाल–भारत व्यापारका लागि प्रयोग हुने भारु १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०.१५ रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया