पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने

hitkhabar.com


काठमाडौं । नेपालमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेकाले देशभरको मौसम सामान्यतया सफा रहने देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि आंशिक बादल लाग्ने सम्भावना छ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाले दिएको जानकारीअनुसार आज राति कोशी प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

त्यस्तै, बिहानपख काठमाडौं उपत्यका तथा विभिन्न खोँचहरूका साथै तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने सम्भावना रहेको छ।

मौसममा देखिन सक्ने यस्ता सामान्य परिवर्तनलाई ध्यानमा राख्दै बिहान तथा रातिको समयमा यात्रा गर्नेहरूले आवश्यक सावधानी अपनाउनुपर्ने देखिन्छ।

प्रतिक्रिया