काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि नेप्से परिसूचक ओरालो लाग्दै १५.६४ अंकले घटेर २७२६.३३ विन्दुमा पुगेको छ । यसअघि मंगलबार १९.८९ अंकले घटेर २७४१.९७ विन्दुमा रोकिएको थियो ।
तर, कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । मंगलबार ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ रुपैयाँको १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता सेयर कारोबार भएकोमा बुधबार ३२६ कम्पनीको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता सेयर ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० रुपैयाँमा कारोबार भएको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स २.७४ अंकले घट्यो भने फ्लोट इन्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९५ अंकले घटेका छन् ।
उकालो लागेका कम्पनी
हिमस्टार उर्जा कम्पनी लिमिटेडको सेयरमा सकारात्मक सर्किट लाग्दै ९.९९ प्रतिशतले वृद्धि भई प्रतिकित्ता ३२३.६० रुपैयाँमा कारोबार भयो । त्यस्तै, युनियन हाइड्रो पावर लिमिटेडको सेयर मूल्य ७.०३ प्रतिशतले बढेर ४३०.६७ रुपैयाँमा पुगेको छ । एनएमबी हाइब्रिड फन्ड पनि ३.२७ प्रतिशतले बढेर ९.१५ रुपैयाँमा कारोबार भएको छ ।
ओरालो लागेका कम्पनी
लिबर्टि इनर्जी कम्पनी लिमिटेडको सेयर मूल्य ६.९९ प्रतिशतले घट्दै प्रतिकित्ता २१८.७३ रुपैयाँमा झर्यो । छ्याङ्दी हाइड्रो पावर लिमिटेड ६.४५ प्रतिशतले घटेर २४३.४९ रुपैयाँमा पुगेको छ । नेपाल रिपब्लिक मिडिया ३.८८ प्रतिशतले घटेर ४६१.२७ रुपैयाँमा कारोबार भयो भने सिकलेस हाइड्रोपावर ३.७६ प्रतिशतले घट्दै ७५२.५७ रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा बढी कारोबार भएका सेयर
यस दिन युनियन हाइड्रो पावर लिमिटेड, लिबर्टि इनर्जी कम्पनी, नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र पञ्चकन्यामाइ हाइड्रोपावरको सेयर सबैभन्दा बढी कारोबार भएका छन् ।