काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ७ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो।
यस वृद्धि पछि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन भने सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। चाँदी प्रतितोला १ सय रुपैयाँले बढेर ४ हजार ९ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ४५ रुपैयाँ रहेको थियो।
01 Apr 2026