सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख धरौटीमा रिहा

hitkhabar.com


काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा रिहा भएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अग्रवाललाई ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी लिएर थुनामुक्त गरेको हो।

सीआईबीका सहप्रवक्ता प्रहरी उपरीक्षक (एसपी) निरञ्जन भट्टका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार अनुसन्धान अधिकारीले धरौटीमा छाड्न सक्ने कानुनी व्यवस्था रहेकाले अग्रवाललाई जमानतमा रिहा गरिएको हो।

नेपाल धितोपत्र बोर्डले उजुरी दिएपछि सीआईबीले अग्रवाललाई पुस ४ गते पक्राउ गरेको थियो। उनीमाथि सेयर कारोबारसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया