काठमाडौं । बुधबार सेयर बजार सकारात्मक रहँदै बन्द भएको छ। नेप्से परिसूचक १०.८७ अंकले उकालो लाग्दै २६३३.७६ विन्दुमा पुगेको छ। यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.३१ अंकले बढेर ४५६.७३ विन्दुमा सीमित भएको छ।
बजार खुला रहँदा ३४२ वटा कम्पनीका १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब १३ करोड ४८ लाख ५० हजार रुपैयाँ नाघेको छ। यस दिन दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किटमा पुगेको छ। एसवाइ प्यानल नेपाल र नगदी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
तर, विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै घाटा बेहोरेका छन्। उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ। कारोबार रकमको आधारमा ग्रीन भेन्चर्स अग्रस्थानमा रहँदै करिब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार गरेको छ।
त्यस्तै, बन्दिपुर केबलकार एण्ड टुरिजमको १५ करोड, श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको १३ करोड तथा हिमालयन रिइन्स्योरेन्स र शिवम् सिमेन्टको समान १२/१२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आजको कारोबारमा सहभागीमध्ये १६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको घटेको छ। बाँकी ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। १३ वटै समूहगत उपसूचक हरियो देखिएका छन्।