सभामुख अर्यालद्वारा संसद भवनमा सुरु हुने सांकेतिक भाषा सेवा र ई–हाजिरी प्रणालीको अवलोकन

hitkhabar.com


काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोल प्रसाद (डीपी) अर्यालले संघीय संसद भवनमा सुरु गर्न लागिएको सांकेतिक भाषा सेवा, ई–हाजिरी प्रणाली लगायतका व्यवस्थाको अवलोकन गर्नुभएको छ।


अवलोकनका क्रममा उपसभामुख रुबी कुमारी तथा संघीय संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डे को समेत उपस्थिति रहेको थियो।

संघीय संसदलाई समावेशी, प्रविधिमैत्री तथा प्रभावकारी बनाउने उद्देश्यले सुरु गर्न लागिएका यी सेवामार्फत संसदीय कार्यसम्पादनलाई थप सहज, पहुँचयोग्य र व्यवस्थित बनाइने विश्वास गरिएको छ।

प्रतिक्रिया