बहुविवाहको कानुनबारे मन्त्रीले संसदमा जवाफ दिनुपर्छ : सांसद बराल

hitkhabar.com


काठमाडौं । बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी सरकारले कानुन ल्याउन लागेको विषयलाई लिएर नेकपा एमालेकी सांसद सुनिता बरालले गम्भीर आपत्ति जनाएकी छिन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो संवेदनशील विषयबारे संसदलाई स्पष्ट जानकारी गराउन कानुन मन्त्रालयको ध्यानाकर्षण गराएकी हुन्।

सांसद बरालले भनिन्, "बहुविवाहलाई कानुनी मान्यता दिने भन्ने सन्देश बाहिर गइरहेको छ, जुन सबैको चासोको विषय बनेको छ। यस्तो अवस्थामा कानुन मन्त्रालयले संसदलाई प्रस्ट जानकारी दिनुपर्छ।"

उनले बहुविवाह नेपाली समाजमा सामाजिक रूपमा अस्वीकृत र कानुनी रूपमा गैरकानुनी रहेको बताउँदै यस्तो संवेदनशील विषयमा कानुन संशोधन वा निर्माण प्रक्रिया अघि बढाउँदा अत्यन्तै संवेदनशील भएर अघि बढ्नुपर्नेमा जोड दिइन्।

बरालले मन्त्रीलाई संसदमा उपस्थित भई प्रस्ट जवाफ दिन आग्रह समेत गरिन्। उनले भनिन्, "समाजमा उठेका चासोहरूलाई सम्बोधन गर्दै मन्त्रीज्यू स्वयंले सदनमा आएर जवाफ दिनुपर्छ।"

प्रतिक्रिया