काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह ले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग महत्वपूर्ण छलफल गर्ने भएका छन्। बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।
छलफलमा विकास निर्माणका कामलाई तीव्रता दिने, स्रोत–साधनको प्रभावकारी बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेश तहमा देखिएका प्रशासनिक र आर्थिक चुनौतीहरूको समाधान खोज्ने विषयमा केन्द्रित रहने जनाइएको छ।
त्यस्तै, राष्ट्रिय प्राथमिकताका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीच सहकार्य कसरी मजबुत बनाउने भन्ने विषय पनि छलफलको प्रमुख एजेन्डा रहनेछ।
देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन प्रवर्द्धनका विषयमा साझा समझदारी कायम गर्ने उद्देश्यसहित बैठक आयोजना गरिएको बताइएको छ।
16 Apr 2026