मैत्रीपूर्ण टी–२० आई : नेपाल हङकङसँग ७३ रनले पराजित

Sharing is caring!

फागुन २६, २०८० । मैत्रीपूर्ण टी–२० आई को पहिलो खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको छ ।
हङकङले दिएको दुई सय २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर एक सय ३९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२ रन बनाए । त्यस्तै, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रनको योगदान दिए ।

घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।

नेपालका लागि डेब्यु गरेका तीव्र गतिका बलर आकाश चन्द्रले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, रसिद खान, प्रतिश जिसी र आरिफ शेखले एक–एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *