व्यवस्थालाई नजरअन्दाज गरेर खराब भाष्य खडा गर्न पाइँदैन् : रामकुमारी झाँक्री

Sharing is caring!

फागुन २६, २०८० । नेकपा(एकीकृत समाजवादी) पार्टीकी नेत्री रामकुमारी झाँक्रीले अहिलेको व्यवस्थालाई नजरअन्दाज गरेर खराब ढङ्गले सोही किसिमको भाष्य खडा गर्ने काम भइरहेको बताएकी छिन् ।

शनिबार काठमाडौंमा आयोजित ‘नेपालमा महिला आन्दोलनको गति र गन्तब्य’ नामक कार्यक्रममा उनले ठूलो संघर्षबाट आएको व्यवस्थालाई नजरअन्दाज गरेर भाष्य खडा गर्ने गलत काम भइरहेको बताएकी हुन् ।

उनले भनिन्, ‘आज यो व्यवस्था सानोतिनो संघर्षबाट आएको होइन । व्यवस्थालाई नजरअन्दाज गरेर खराब ढङ्गले खराब भाष्य खडा गरिँदैछ । यो एकदमै गलत छ । महिलाको अधिकारलाई अक्षुण राख्नुपर्छ भन्नुको अर्थ आज जे भइरहेको छ यहि भनेको हो ? आफ्ना व्यवहारलाई सामाजिक र मर्यादितको सीमा भित्र राख्नुपर्छ कि पर्दैन? अब बन्ने कानुनमा सामाजिक, सीमा र मर्यादाभन्दा बाहिरका सबै क्रियाकलाप सामाजिक अपराध हुन भनेर परिभाषित गरौं ।’
उनले अहिलेको व्यवस्थाभित्र महिलाले प्राप्त गरेको अधिकार धेरै ठूलो उपलब्धी प्राप्त भएको बताइन् ।

देशमा अदालत, पुलिस प्रशासनबाट भीड हेरर मात्र निर्णय गर्ने र निवेदन लिने प्रवृत्ति हावी भएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *