आईसिसी विश्वकप २०२३ : आज भारत र अष्ट्रेलियाबीच खेल हुँदै

Sharing is caring!

असोज २१, २०८० । आइसिसी विश्वकप २०२३ को पाँचौं खेलमा आज भारत र अष्ट्रेलियाबीच खेल हुँदैछ । उपाधिका प्रमुख दुई दाबेदार मानिएका यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो २:१५ मा चेन्नईमा सुरु हुनेछ ।
भारतको रोहित शर्मा र अष्ट्रेलियाको प्याट कमिन्सले कप्तानी गर्नेछन् ।

विश्वकपमा भारत र अष्ट्रेलियाबीच १२ खेल भएको छ । जसमा भारत ४ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । पछिल्ला पाँच ओडिआई खेलमा भारत २ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ ।

दुई साता अघि भारतले तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *