आपतकालीन तयारी बलियो नहुनुमा राज्यकै कमजोरी : मन्त्री बस्नेत

Sharing is caring!

असोज २१, २०८० । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा राज्यको कमजोरीको कारण आपतकालीन तयारी बलियो हुन नसकेको स्वीकार गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘स्वास्थ्यमा आपतकालीन तयारीलाई बलियो बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच सहकार्यसम्बन्धी राष्ट्रिय कार्यशाला’मा उनले स्रोत साधनको अभाव र सरकारको कमजोरीको कारण स्वास्थ्य आपलकालिन सेवा क्षेत्रमा सोचे अनुसारको कामहरु गर्न नसकेको बताए । स्रोत साधनको कमी कमजोरी हुनुमा उनले सरकारकै कमजोरी रहेको स्वीकार गरे ।

उनले भने,‘स्रोत र साधनको अभावले राज्य र सरकारको कमी कमजोरीको कारणले भने अनुसार कामहरु गर्न सकिरहेको छैन् ।’ उनले आपतकालिन उद्दार तथा विपद व्यवस्थापनमा न्यून स्रोत साधनको परिचालनमा नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो दायित्व पुरा गरिरहेको बताए । उनले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी रुपमा अगाडि लैनान सम्बन्धित निकायसँगको सहकार्य महत्वपूर्ण हुने भन्दै सबैसँग सहकार्य र समन्वय गरी अगाडि बढ्नेमा जोड दिए ।

काठमाडौंमा आजबाट सुरु भएको उक्त कार्यशाला भोलिसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *