बैशाख २५ गते साँझ घरघरमा दीप प्रज्वलन गर्न आह्वान

Sharing is caring!

बैशाख २३, २०७७ । सरकारले बैशाख २५ गते साँझ  ७ बजे घर-घरमा दीप प्रज्वलन गर्न आह्वान गरेको छ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको मंगलबार बसेको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईका अनुसार २५ गते बुद्ध जयन्ती परेको र लकडाउनका कारण बुद्ध जयन्ती मनाउन नसकिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ घर-घरमा दीपावली गर्न आग्रह गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *