सरकारको दुई तिहाईको दम्भले देश डुब्यो, समर्थन गरेबापतको अनुभुति भएन: यादव

Sharing is caring!

साउन ५, २०७५ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले सरकारलाई आफूहरुले समर्थन गरेवापतको अनुभुति प्राप्त नगरेको गुनासो पोखेका छन् । उनले भने,‘संविधान संशोधन गर्न यो सरकारसँग दुई तिहाई छ, तर हाम्रा मुद्दाहरु कुनैपनि पूरा गरेन, जेलबाट हाम्रा नेता तथा कार्यकर्ताहरु रिहाई भएनन्, मुद्दा फिर्ता, घाईतेहरुको उपचार लगायतका सवालहरु सरकारले सम्बोधन गरेको छैन, बजेटपनि सन्तुलित भएन्, यी सबै विषयमा सरकारको ध्यानाकार्षण गराउन हामीले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका छौं।’
राजधानीमा आयोजित एक  कार्यक्रम बोल्दै नेता यादवले भन्नुभयो,आफूहरुले बुझाएको १० बुँदे ज्ञापनपत्रमा सबै कुराहरु समेटिएको जनाए । उनले भने,‘मलेठ घट्नाका सम्बन्धमा मानव अधिकारको प्रतिवेदन उचित र सही छैन, सरकारले हिजो विभिन्न कालखण्डमा भएका मधेश आन्दोलनका प्रतिवेदनहरु ीकन सार्वजनिक गरेन, गिरिशचन्द्र लालको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ।’
सरकारलाई आफूहरुले समयसिमाभित्र माग पूरा गर्न दबाब दिएको उनको भनाई छ । ‘हामीसँगको भेटमा पनि सरकारले हाम्रा मागहरु चाँडै पूरा गर्छौं भनेको छ, हाम्रो समर्थन सरकारले निरन्तरता चाहेको हो कि होईन भन्ने कुरा उसले हाम्रा मागहरु कति छिटो पूरा गर्छ भन्नेमा भर पर्छ।’
राजपा सरकारमा सहभागी हुन्छ भन्ने कुरा भ्रममात्रै भएको बताउँदै उनले भने,‘हाम्रो प्राथमिकता भनेको सरकार होईन, हाम्रा मागहरु पूरा हुनुपर्छ, हाम्रा मुद्दाहरु तत्काल सम्बोधन गर्नुपर्छ।’
सरकारले कर धेरै बढाएको गुनासो पोख्दै उनले भने,‘आज उखु किसानहरुले १० औं अर्ब मुल्य पाएका छैनन्, सरकार जनजिविकाको विषयमा पनि गम्भिर बन्नुपर्छ।’ सरकारले यातायात क्षेत्र लगायतमा रहेका एकाधिकार (सिण्डिकेट)को अन्त्य गर्यौं भनेपनि अहिलेसम्म एकाधिकार जारी रहेको उनको आरोप थियो ।
उनले भने,‘गलत र अनियमितता गर्ने ठेकेदारहरुलाई कारबाही भएको छैन, सरकार छ भन्ने अनुभुति कतैपनि पाईँदैन्, महँगी, भ्रष्टाचार बढिरहेको छ, आर्थिक संकटहरु बढिरहेको छ।’
फरक प्रसँगमा उनले अनशनरत डाक्टर गोविन्द केसीको सत्याग्रहप्रति सरकार गम्भिर बन्नुपर्ने सुझाए । उनले भने,‘उहाँको प्राण रक्षाको लागि सरकारले पहल गर्नुपर्छ भनेर हामीले भनिसकेका छौं, उहाँले उठाएका मागका सवालमा हामी जाँदैनौं, तर उहाँको जीवन रक्षा हुनुपर्छ।’ सरकारले दुई तिहाईको दम्भ देखाउन नहुने उनको भनाई छ ।
उनले भने,‘हामीले विपीको पनि दुई तिहाईको सरकार देखेकै हौं, त्यसैले सरकारले दुई तिहाईको दम्भ देखाउनुहुँदैन्।’ सरकारको दुई तिहाईको दम्भले देश डुबेको उनको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *