नेपाल यादव फेडेरेशन चेम्बर अफ कर्मसको एकदिने गोष्ठी सम्पन्न

Sharing is caring!

फागुन १८, २०७५ । नेपाल यादव फेडेरेशन चेम्बर अफ कर्मसको एकदिने गोष्ठी सम्पन्न भएको छ ।

राजधानीको पुरानो बानेश्वर स्थित कृष्णभोग पार्टी प्यालेसमा व्यवसायमा केन्द्रित भएको कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

एनवाइएफसीसीको अध्यक्ष शितल यादवले यादवहरु पनि व्यवसायमा लाग्नु पर्ने बताँउदै व्यवसाय गर्नको लागि आवश्यक सहयोग आइवाइएफसीसीले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले निकट भविष्यमा एम्बुलेन्स सेवा सञ्चालन गर्ने बताउँदै उनले सो एम्बुलेन्सले यादव समुदायलाई पचास प्रतिशतसम्म छुट प्रदान गर्ने बताए ।

कार्यक्रम सम्बोधनको क्रममा नेपाल यादव महिला संघकी अध्यक्ष शोभा यादवले आज आफु सफल उधोगी भएकोमा गौरव महशुस गर्दै विगतमा तराई मधेशका महिलालाई घरबाट निस्किन पनि गाह्रो भएको स्मरण गर्नुभयो । हाल नेपाल यादव महिला संघद्वारा मशाला उधोग सञ्चालन गर्दै आइरहेकी जानकारी दिइन ।

युवा बक्ता राहुल कुमार यादवले सफल व्यवसायी बन्नको लागि आवश्यक मुलमन्त्र जान्न सबैलाई आवश्यक रहेको बताए । साथै अमेरिकास्थित नाशा ह्यूमन एक्सप्लोरेशनमा रोभर चाईलेन्ज २०१९ मा नेपालबाट प्रतिनिधित्व गर्दै आफू गइरहेको जानकारी गराए ।

त्यसैगरि युवा व्यवसायी समिर यादवले सानो कपडाको व्यपारबाट आज इलेक्ट्रीकल बाइक बजारमा ल्याउन सफल भएको अनुभव सुनाए । त्यसैगरि एनवाइएफसीसीका कोषाध्यक्ष श्यामसुन्दर यादवले देशको विकासमा यादवहरुको महत्वपूर्ण भुमिका निर्वाह गर्नसक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *