इजरायलमा केही नेपालीहरु हताहत भएको हुनसक्छ : परराष्ट्रमन्त्री साउद

Sharing is caring!

असोज २१, २०८० । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा केही नेपाली हताहत भएको हुनसक्ने बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले इजरायलमा नेपालीहरुमा भएको हिंसाको घटनामा नेपालीहरुको अवस्थाबारे सदनलाई जानकारी गराउँदै इजरायलमा रहेका नेपालीको सुरक्षा, घाइतेहरुको अवस्था र उपचार ,आक्रमणमा परेका नेपालीको उद्धारबारे सरकार गम्भिर रहेको बताए ।

उनले भने,‘ नेपाली दूतावासका अनुसार गाजा क्षेत्रमा अयनका लागि रहेका १७ जना नेपालीहरु मध्य २ जना सकुशल रहको ३ जना घाइतेको उपचार निजी अस्पतालमा भइरहेको छ । बाँकी १२ जना मध्य केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुन सक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ । नेपाल सरकारले यसलार्य गम्भिर रुपमा लिएको छ । ’

परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारी अनुसार ४ हजार ५०० नेपाली इजरायलमा केयर गिभरका रुपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा अन्तर्गत गएका थिए ।
त्यस्तै कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । सूप विश्विद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए । उद्धार कार्यको लागि आवश्यक निर्णय लिने सम्वन्यन तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कार्यहरु सकारले गर्ने उनको भनाई छ ।

उनले आजै मन्त्रालयमा बोलाएर राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमण र त्यसमा घाइते भएको नेपालीको अवस्था ,सुरक्षा र उद्धार सम्बन्धमा साउदले कुराकानी गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *