विषादी राखेर तरकारी खुवाउनेहरु क्रिमिनल हुन्: वसन्त कुँवर

Sharing is caring!

असार २२, २०७६ । लागू औषध नियन्त्रणमा क्रियाशिल नार्कोनन् नेपालका वसन्त कुँवरले रिह्याव सेन्टर सञ्चालकहरुलाई सरकारले अपराधीको रुपमा हेर्न नहुने बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा फेडरेशन अफ ड्रग डिमाण्ड रिडक्सनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, सरकारले हामीलाई धन्यवाद दिनुपर्छ होईन, भने सबै रिह्याव सेन्टरहरु सरकारले नै जिम्मा लिएर चलाउनुपर्छ । नेपालमा अधिकांश अपराधिक घट्ना ड्रग–एडिक्सनकै कारण घट्ने गरेको सुनाउँदै कु्ँवरले आफूहरुको कामले बरु अपराध कम भएको दाबी गरे । हामीले कानून तोड्ने कुरा गरेका छैनौं । हामी यही केशमा पनि माथिल्लो अदालतसम्म जान्छौं ।

चिकित्सकले पनि घिमिरे मर्नुको कारण (कज अफ डेथ) मा प्रश्नवाचक चिन्ह राखिएको उनको भनाई छ । उनले भने,‘यस्तो अवस्थामा दश वर्षको जेल सजाय कसरी भयो ? यो त रिह्याव खत्तम गर्ने खेल हो जस्तो लाग्छ ।’ विरामी मृत्युको कारण आफूहरुजस्तो रिह्याव सेन्टर नभएको पनि उनको दाबी छ ।

उनले रिह्याव सेन्टरहरुमा सुधारको खाँचो रहेको सुनाए । तर, सरकार, न्यायालय, संसददेखि सबै ठाउँमा सुधारको खाँचो रहेको उनले औंल्याए । उनले भने,‘बरु, अहिले विषादी राखेर तरकारी खुवाउनेहरु चाहीँ क्रिमिनल हुन् । हामीले रिह्यावमा आउनेहरुको स्वास्थ्यमा खेलबाड गरेका छैनौं ।’

नेपालमा ५ लाखभन्दा बढिले ड्रग सेवन गरेको कुँवरले तथ्यांक पेश गरे । नेपालमा तीन हजारभन्दा बढि दुव्र्यसनीहरुलाई रिह्यावमा राखेर उपचार दिईरहेको पनि उनले सुनाए । उनले भने,‘रिह्याव भनेको त रक्षा शिक्षा हो । सुधार केन्द्र र अस्पतालको काम नै विरामी बचाउने हो । खराब बानी सुधार्ने हाम्रो पाटो हो ।’

दुव्र्यसनीमा लागेकाहरुलाई पनि निकै ढिलोमात्रै उपचारको लागि सुधारगृहमा ल्याउने गरिएको कुँवरको भनाई छ । उनले थपे,‘घर, परिवार र व्यवसाय सिध्याएपछि मात्रै उहाँहरु रिह्यावमा आउनुहुन्छ । हामीले पनि आँत्तिएका बाउ आमाको आग्रहलाई ध्यानमा राखेर उपचारमा राख्छौं ।’

नेपाल प्रहरीका पुर्व अतिरिक्त महानिरीक्षक तथा लागुऔषध दुव्र्यसनीको क्षेत्रमा लामो समय काम गरेका रण बहादुर चन्दले यस्तो घट्नामा अनुशन्धान गहिरो हुनुपर्ने बताए । उनले भने,‘अपराध नै नगरेको मान्छेलाई बिना कसुर जेल सजाय दिनुहुँदैन् ।’

उनले उक्त घट्ना विवादस्पद भएकोले यसमा पूनः अनुशन्धान हुनुपर्ने माग राखे । त्यस्तै, नेपाल सरकारले पनि रिह्यावको लागि बुझिनेगरि स्पष्ट रुपमा एउटा निश्चित क्राईट–एरिया बनाईदिनुपर्नृे उनको सुझाव छ । उनले भने,‘निरपराधीलाई जेलमा नराखियोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *