इजरायलमा रहेका नेपालीहरूको उद्धार गर्न ढिलाई गर्न हुँदैन : सांसद गिरी

Sharing is caring!

असोज २१, २०८० । नेकपा एमालेका प्रमुख सचेतक तथा सांसद पदम गिरिले इजरायलमा हमास ले गरेको आक्रमणपछि त्यहाँ रहेका नेपालीहरूको उद्धार गर्न ढिलाई नगर्न सरकारलाई आग्रह गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यो विषयमा सरकारले अत्यन्त प्रभावकारी ढंगले आफ्नो कदम उठाउनु पर्ने बताए ।

‘ति नागरिकको अभिभावका यो सरकार हो भने उनीहरूको उद्धार गर्न ढिलाई गर्न हुँदैन । यसमा सरकारले अत्यन्त प्रभावकारी ढंगले आफ्नो कदम उठाउनु पर्छ । सरकारले एउटा विज्ञप्ति जारी गरेर मात्र पुग्दैन । ’ उनले प्रधानमन्त्री दाहाल र इजरायलका प्रधानमन्त्री बिच कुरा हुनुपर्ने र नागरिकहरूको जीवन रक्षाको लागि छलफल गर्नु पर्ने बताए ।

देशमा अवसर नपाएर विदेशिएका नेपाली दाजुभाइ दिदी बहिनीहरूले यस्ता धेरै पाडाहरू भोगेको उनको भनाई छ । यदि जो कोही नेपाली स्वदेश फर्किन चाहन्छन भने सरकारले सम्बन्धी निकायसँग कुरा गरेर नेपाल ल्याउने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *