चार देशीय महिला टी–२० क्रिकेट सिरिजमा नेपालले कुवेतलाई हरायो

Sharing is caring!

भदौ ६, २०८० । चार देशीय महिला टी–२० क्रिकेट सिरिजमा दोस्रो जित हात पार्ने क्रममा नेपालले कुवेतलाई हराएको छ । मलेसियामा बुधबार भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो ।

इन्दु बर्माको अलराउन्डर प्रदर्शनको योगदान नेपालका लागि सहयोगी रहयो । उनले ब्याटिङतर्फ १९ बलको सामना गरे २ चौकाको सहयोगमा २३ रन बनाउँदा बलिङ तर्फ भने ४ ओभर खेलेर मात्र १० रन दिदैं कुवेतको ३ विकेट लिन सफल भइन् ।

बायोमास क्रिकेट ओभलमा टस गुमाएको पहिलो व्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर मात्र ८९ रन बनाएको थियो । तर ९० रनको विजय लक्ष्य पछ्याएको कुवेत २० ओभरमा ८ खेलाडी गुमाएर मात्र ५५ रनमा समेटियो ।

नेपालका लागि प्रारम्भिक व्याट्सम्यान पूजा महतो विना रन बाहिरिदा उनीसँगै आएकी बिन्दु रावलले २० रनको योगदा गरिन । यस्तै सम्झना खड्का १, सीता ७ रन, कप्तान रुविना क्षेत्रीले ५ रन, काजोल श्रेष्ठ १९ रन र खुसी डंगोल १ रनमा नटआउट रहिन ।

नेपालका लागि बलिङतर्फ खुशी डंगोलले पहिलो डेब्युमै ३ ओभरमा २ मेडनसहित ३ रन खर्चेर २ विकेट लिंदा ईश्वरी विष्ट, कविता कुँवर र सीता रानामगरले एक एक विकेट लिन सफल भए । नेपालले यस अघि सिरिजको पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो ।

चार देश सम्मिलित सिरिजमा नेपाल २ खेलमा २ जितका साथ ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपालले आफ्नो अन्तिम खेल शुक्रबार घरेलु टोली मलेसियाविरुद्ध खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *