भारतले पठाएको चन्द्रयान–३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

Sharing is caring!

भदौ ६, २०८० । भारतले पठाएको चन्द्रयान–३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण भएको छ । बुधबार साँझ भारतले चन्द्रमाको दक्षिणध्रुवमा आफ्नो चन्द्रयान सफलतापूर्वक अवतरण गराएको हो ।

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो । ‘एलभीएम–३’ रकेटले अन्तरीक्षयानलाई अन्तरिक्षमा पु¥याएको थियो ।
यान अवतरणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो भारतका लागि मात्रै नभएर विश्वकै लागि खुुसीको कुरा भएको बताए । दक्षिण अफ्रिकाको जोहानेशवर्गमा रहेका मोदी चन्द्रयान ३ अवतरण कार्यक्रमसंग भर्चुअलरुपमा प्रत्यक्ष जोडिएका थिए । चन्द्रमाको दक्षिणी ध्रुवमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका थिएनन् ।

भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिट (कक्ष) मा सफलतापूर्वक पु¥याएको यो तेस्रो पटक हो । इसरोले यसअघि नै अगस्ट ५ मा ‘चन्द्रयान–३’ चन्द्रमाको कक्षमा पुग्ने बताएको थियो । भारतको यो मिसन सफल भएसंगै चन्द्रमाको सतहमा पुग्ने चौथो मुलुक बनेको छ ।

चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै सफलतापूर्वक यान अवतरण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *