नागरिक लगानी कोषको भवनमा आगलागी

Sharing is caring!

माघ ५, २०७५ । नयाँ बानेश्वरस्थित नागरिक लगानी कोषको कार्यालयमा शनिवार दिउँसो आगलागी भएको छ । कोषको भवन ब्लक नम्बर ‘डि’ को पहिलो तलामा आगलागी भएको हो । मुख्य व्यवस्थापक सुशिलकुमार अर्यालको कार्यकक्षमा आगलागी भएको हो ।

आगलागीका कारण महत्त्वपूर्ण कागजात, कम्प्युटर, फर्निचर लगायतका सामग्रीहरू जलेर नष्ट भएको छ । करिब ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि दुईटा दमकल खटेको थियो । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिइसकेका छन् ।

कम्प्युटर सर्ट भएर आगो सल्किएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार बिहानै देखि कार्यालयमा विद्युत् आउँदै/जाँदै गरेकाले कम्प्युटर सर्ट भएर आगलागी भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *