पूर्वमन्त्री यादवमाथिको आक्रमणविरुद्ध काठमाडौंमा प्रर्दशन

Sharing is caring!

भदौ २२, २०८० । नेपाली कांग्रेस निकट नेपाल तरुण दलले सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा काठमाडौंमा प्रर्दशन गरेको छ ।


शुक्रबार रत्नपार्कमा भेला भएर, तरुण दलका नेता कार्यकर्ताले आक्रमणको विरोधमा प्रर्दशन गरेका हुन् ।


गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका प्रदर्शनकारीले आक्रमण नियोजित भएको आरोपसमेत लगाएका छन् ।


प्रर्दशनमा सहभागिले ‘नारायणकाजी मतियार, ज्ञानेन्द्रको हतियार’, ‘पक्षपाती प्रहरी प्रशासन मुर्दावाद’ जस्ता नाराबाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *