दशैँ मान्न गएकाहरु फर्किन थाले काठमाडौं

Sharing is caring!

कात्तिक १०, २०८० । दशैँका लागि देशका विभिन्न स्थान पुगेकाहरु धमाधम सामान्य दैनिकीमा फर्किन थालेका छन् ।

दशैँ मान्न काठमाडौं उपत्यका छोडेकाहरु पनि फर्कन थालेपछि अहिले काठमाडौँका मुख्य नाकामा चाप पर्न थालेको छ । नागढुङ्गा–नौबिसे सडक खण्ड र भक्तपुर बनेपा सडक खण्डमा चाप बढेको छ । आजदेखि दशैँ बिदा सकिने भएकाले गाउँघर गएका धेरैजसो फर्किन थालेका हुन् ।

आजदेखि सरकारी कार्यालय खुलेपनि भोलि शनिबार परेकाले आज कमै मात्रै यात्रुहरु फर्किएका छन् । भोलिदेखि भने काठमाडौंमा ट्राफिक चाँप बढ्ने ट्राफिक प्रहरीको अुनमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *