त्रिकोणात्मक टि-२० आई सिरिज : करण सर्वोत्कृष्ट खेलाडी, पल्सर उपहार

Sharing is caring!

कात्तिक १०, २०८० । नेपालका अलराउन्डर करण केसी त्रिकोणात्मक टि-२० आई सिरिजमा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

फाइनलमा युएईसँग चार विकेटले पराजित भएपनि नेपालका करण केसी समग्र प्रतियोगिता उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए । करणले ५ खेलमा १० विकेट लिएका थिए । करणले पहिलो खेलमा युएईसँग ३, दोस्रो खेलमा हङकङसँग ४, तेस्रो खेलमा हङकङविरुद्ध २ र युएईविरुद्ध एक विकेट लिएका थिए । फाइनलमा भने करण केसीले ४२ रन खर्चिदा विकेट लिन सकेका थिएनन् ।

त्यस्तै सिरिजको उत्कृष्ट बलर पनि चुनिएका छन् । करणले सर्वोत्कृष्ट खेलाडी वापत पल्सरको १ सय ६० सिसीको मोटरसाइकल प्राप्त गरेका छन् । युएईका बासिल हामिद उत्कृष्ट ब्याटर चुनिएका छन् ।

बासिलले ५ खेलमा कुल १ सय ५९ रन बनाएका थिए । फाइनलमा नेपाललाई हराउन उनले १६ बलमा २ छक्कासहित कुल २२ रन बनाएका थिए । अन्तिम दुई बलमा जितको लागि दुई रन चाहिँदा बासिलले छक्का हान्दै खेल जिताएका थिए । बासिलले पहिलो खेलमा नेपालविरुद्ध ५१ रन बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *