सुन प्रकरण : लेखासमितिले उच्चस्तरीय छानबिन समिति बनाउन संसदको ध्यानाकर्षण गराउने

Sharing is caring!

साउन १४, २०८० । सार्वजनिक लेखा समितिले त्रिभुवन विमानस्थल एक क्वीन्टल सुन प्रकरणबारे उच्चस्तरीय समिति गठन गर्न ध्यानाकर्षण गराउने भएको छ ।

लेखा समितिको आजको बैठकले उक्त प्रकरणमा छानबिनका लागि अधिकार सम्पन्न उच्चस्तरीय समिति गठनका लागि संसद्को ध्यानाकर्षण गराउने निर्णय गरेको समितिको सभापतित्व गरेका अर्जुननरसिंह केसीले जानकारी दिए । ज्येष्ठ सदस्यका रुपमा समितिको सभापति रहनुभएका अर्जुननरसिंह केसीले आजको बैठकको निर्णय सुनाउँदै भने यो विषय संसद्मा चलिरहेकाले समितिले निर्देशन दिन मिल्दैन । तर उच्चस्रतीय समिति बनाएर गम्भीररुपमा छानबिनका लागि संसद्को ध्यानाकर्षण गराउने निर्णय समितिले गरेको छ ।

बैठकमा सहभागि सदस्यहरुले अवैध सुन प्रकरणमा स्वतन्त्र र निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनका लागि माग ध्यानाकर्षण गराउनु पर्ने बताएका थिए।

बैठकले सिँचाइ अभावका कारण अझै पूर्णरुपमा रोपाइँ हुन नसकेका र तराईका जिल्लामा देखिएको खानेपानी अभावबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *