सिआईबीले सुन तस्करीको प्रतिवेदन आज सरकारी वकिल कार्यालयमा बुझाउँदै

Sharing is caring!

भदौ २७, २०८० । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज बुझाउने भएको छ । बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य हिजो बेलुका सकिएकाले आज बुझाउने भएको हो ।

आरोपीविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सिआइबीको तयारी छ । सङ्गठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ ।

यही ३१ गते ६० दिन पुग्ने भएकाले यो मितिसम्ममा मुद्दा अदालतमा पु¥याइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी आज प्रतिवेदन बुझाउने मिति तय गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *