पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त

Sharing is caring!

चैत ७,२०७५ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन् ।

संवैधानिक परिषद्ले सिफारीस गरेको पाँच आयोगका अध्यक्ष राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगमा वालानन्द पौडेल, समावेशी आयोगमा डा शान्तराज सुवेदी, मधेसी आयोगमा डा विजय कुमार दत्त, थारु आयोगमा विष्णुप्रसाद चौधरी र मुस्लीमा आयोगमा समिम मियाँ अन्सारी नियुक्त भएका हुन् ।

राष्टपति कार्यालय शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीको उपस्थितिमा नवनियुक्त आयोगका अध्यक्षहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले पद तथा गोपनियताको सपथ गराएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *