संसदमा प्रधानमन्त्रीले भने, प्रतिगमन ल्याउँछु भन्ने कुरा सह्य हुँदैन

Sharing is caring!

भदौ २, २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रविरोधी गतिविधिलाई निरन्तरता दिए त्यस्ता तत्वलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको बैठकमा आइतबार सम्बोधन गर्दै उनले सरकारको संयमतालाई कमजोरी ठानेर नहौसिन पनि सचेत गराए । ‘सरकार विरोध र आलोचनाको स्वागत गर्छ तर सरकारको संयमतालाई हेरेर केही तत्व बढी नै हौसिएको देखिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘प्रणाली उल्टाउँछु, प्रतिगमन ल्याउँछु भन्ने कुरा सरकारलाई सह्य हुँदैन । जनताको शासनविरोधी क्रियाकलाप गर्ने तŒवहरू नहौसिए हुन्छ ।’

‘प्रधानमन्त्री लगलग कामेका छन्, प्रधानमन्त्री जाने भए भनेको सुनें । पद नगएको राजा, महाराजा, प्रधानमन्त्री कोही छैन । मलाई पनि अर्को चुनावदेखि बस्न मन छैन,’ उनले भने, ‘प्रतिगामी सडकमा आए भन्दैमा अहिलेको सरकार भाग्छ, लगलग कामेको छ भन्ने नठाने हुन्छ । चिहानमा गएर हड्डी फुकेर व्यवस्था फर्काउँछु भनेर बेमौसमको बाजा नबजाए हुन्छ ।’
‘अहिले सरकारले नपत्याएर हो, पत्याएका दिन गणतन्त्र, संघीयता र लोकतन्त्रको रक्षाका लागि सडकमा उत्रन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नेकपाको सरकार कुनै सेन्टिमेन्टमा बनेको होइन ।’
उनले सरकारले आवश्यक कानुन छोटो समयमै निर्माण गरेको स्मरण गर्दै कतिपय आवश्यक कानुन यही अधिवेशनबाट टुंगोमा पु¥याउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले केही भएन भन्दा पनि आर्थिक वृद्धिदर उच्च भएको, बाटो र पुल निर्माण तीव्र भएको बताए ।

‘केही भएन भन्छन्, केही नहुँदा पनि ७ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ । अर्कोपटक ८ दशमलव ५ प्रतिशत पुग्छ । अर्कोपटक ९ दशमलव ५, अर्को वर्ष ११ प्रतिशत पुग्छ । अझै केही भएन भन्नेले सजग गराएकोमा धन्यवाद,’ उनले भने, ‘१४ सय किलोमिटर पिच भएको छ । ३ सय पुल बनाउँदा कम भयो भने ५ सय वटा पुल बन्छन्, बाटो चौडा बन्दै छ ।’

प्रधानमन्त्री ओलीले मेलम्चीको ठेकेदार भागेपछि पनि सरकारले आफैं काम गरिरहेको, राष्ट्रिय गौरवका आयोजनाको प्रधानमन्त्री कार्यालयबाट प्रत्यक्ष अनुगमनको व्यवस्था मिलाइएको, नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि प्रधानमन्त्री र मन्त्रीहरूबीच सम्झौता भएको, मन्त्री र सचिवबीच सम्झौता भएको सदनलाई जानकारी दिए । उनले सिफारिस आउनेबित्तिकै यसै साता सत्यनिरूपण र बेपत्ता आयोग गठन हुने जानकारी दिए ।
‘सरकारले आफ्ना प्रतिबद्धता निरूपण गर्छ,’ उनले भने, ‘द्वन्द्वको खाटाहरू अहिलेसम्म रहनु र चह¥याउनु राम्रो होइन ।’ उनले छिट्टै अन्तरप्रदेश बैठक बोलाउने समेत जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनताको फ्रस्टेसनमा टेकेर नबनेकोसमेत बताए । संसद् बैठकलाई सम्बोधन गर्दै उनले आफूहरूको संघर्ष र बलिदान, सही नीतिहरू हेरेर लोकतान्त्रिक विधिबाट जनताले बनाएको सरकार भएको बताए ।
प्रधानमन्त्री ओलीले विरोधीहरूले सरकारको लोकतान्त्रिक प्रतिबद्धताप्रति भ्रम फैलाएको आरोप पनि लगाए । लोकतन्त्रका लागि आफूहरूले कोहीभन्दा कम त्याग र बलिदान नगरेको उनले बताए । ‘जनतामा निराशा पैदा गर्ने काम नगर्दा राम्रो हुन्छ,’ उनले भने, ‘यो लोकतन्त्रप्रति प्रतिबद्ध छ । लोकतन्त्रलाई सुदृढ गर्ने बाटोभन्दा वरपर जान सक्दैन ।’
त्यस्तै, उनले नेपालको लोकतन्त्र उत्कृष्ट रहेको बताए । ‘हामीले निर्माणको गरेको संविधानबाट लाभ लिने अवस्था हामीले नै सिर्जना गर्नुपर्छ,’ उनले भने । उनले अब आफूहरूको ध्यान सुशासन र विकासमा केन्द्रित भएको बताए । उनले भने, ‘हामी सबैको साझा र राष्ट्रिय आकांक्षा नै सुखी नेपाली समृद्ध नेपाली हो ।’ यो खबर राजधानीबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *