कांग्रेसमा सभापति झन् बलियो बन्दै

Sharing is caring!

असोज ७, २०७५ । कांग्रेसको प्रस्तावित विधानले सभापतिलाई झन् शक्तिशाली बनाउने प्रावधान ल्याएको छ। विधान मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौदामा नौ पदाधिकारीमा सात जना मनोनित हुने व्यवस्था छ।

नयाँ संविधानअनुसार पार्टी संरचना बनाउन महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा कांग्रेसले विधान मस्यौदा समिति गठन गरेको थियो। खड्का नेतृत्वको समितिले तयार पारेको प्रारम्भिक मस्यौदामा पार्टीको सभापतिसहित दुई उपसभापति, दुई महामन्त्री, तीन सहमहामन्त्री र एक कोषाध्यक्ष व्यवस्था गर्ने प्रस्ताव छ। पदाधिकारीमा सभापति र एक महामन्त्रीको मात्रै निर्वाचन गरिने उल्लेख छ।

समिति सदस्य आनन्दप्रसाद ढुंगानाले केन्द्रदेखि तल्लो निकायसम्म कोषाध्यक्ष पनि मनोनित नै राख्ने प्रस्ताव गरिएको बताए। केन्द्रसँगै प्रदेश, जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रादेशिक निर्वाचन क्षेत्र र स्थानीय तहको गाउँटोल कमिटीसम्मको कांग्रेसको संरचना नयाँ संविधानअनुसार समानुपातिक समावेशिताको आधारमा हुने विधानमै उल्लेख छ। विधानको मस्यौदामा स्थायी अनुशासन समिति र निर्वाचन समितिको प्रस्ताव छ।

पार्टी सदस्यतालाई पनि चार भागमा वर्गीकरण गर्ने प्रस्ताव छ। त्यसअनुसार कांग्रेसले साधारण, क्रियाशील, सम्मानित र विशेष सदस्यता व्यवस्था गर्न लागेको छ। विद्यमान विधानमा साधारण र क्रियाशील सदस्यताको व्यवस्था छ। क्रियाशील सदस्यताको टुंगो लगाउने जिम्मा महामन्त्रीले पाउने भएका छन्। विधान मस्यौदामा संघीय निर्वाचन क्षेत्रको समिति सभापति नेतृत्वमा प्रदेश समितिलाई समेट्दै महासमिति र महाधिवेशन प्रतिनिधि टुंगो लगाउन प्रस्ताव गरिएको छ।यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *