विप्लव समूहका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ

Sharing is caring!

कात्तिक २३, २०७६ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ परेका छन् । गाउँमा चन्दा सङ्कलन तथा सङ्गठन विस्तार गरिरहेको आधारमा गौमुल गाउँपालिका–।३ माझपालीबाट शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले बताउनुभयो ।

पक्राउ पर्नेमा रोल्पा गङ्गादेव गाउँपालिका–३ जिनावाङका समूहका केन्द्रीय सदस्य चुडामणि ओलीसहित १६ जना रहेको प्रहरी उपरीक्षक भाटले जानकारी दिनुभएको छ । पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *