सन्दीप ‘विश्व– ११’ टिममा पर्दा दिल्लीले दियो बधाई

Sharing is caring!

जेठ ३, २०७५ । सन्दीप लामिछाने आईसीसी विश्व ११ को टिममा पर्न सफल हुँदा दिल्ली डेयरडेभिल्सले बधाई दिएको छ । नेपाली युवा क्रिकेट सन्दीप लामिछाने अहिले इण्डियन प्रिमियर लिग (आईपिएल) दिल्लीको तर्फबाट खेलिरहेका छन् । दिल्लीले वेस्टइन्डिजविरुद्ध उतारिने आईसीसी विश्व–११ टिममा सन्दीप पर्न सफल भएकोमा बधाई दिएको हो ।

दिल्ली डेयर डेभिल्सबाट आईपिएल खेलिरहेका १७ वर्षीय स्पिनर सन्दीपलाई आईसीसीले वेस्टइन्डिजविरुद्ध बेलायतको लर्ड्समा हुने खेलका लागि टीम ११ मा छनोट गरेको हो।

आगामी ३१ मे मा हुने यो खेलका लागि विश्वका चर्चित अन्य खेलाडीसँगै छनोट भएपछि सन्दीपले नयाँ अनुभव लिन पाउने छन् । ब‌ंगलादेशका चर्चित बलर सकिब अल हसनले व्यक्तिगत कारण जनाउँदै नाम फिर्ता लिएपछि सन्दीपले अवसर पाएका हुन् ।

सन्दीपले वेस्टइन्डिजविरुद्ध हुने खेलमा इङ्ग्ल्यान्डका इयान मोर्गनले कप्तानी गर्नेछन् । पाकिस्तानी दिग्गज क्रिकेटर साहिद अफ्रिदी, ब‌ंगलादेशी क्रिकेटर तमिम इकबाल, भारतीय क्रिकेटरहरु दिनेश कार्थिक र हार्दिक पन्ड्या, अफगानी क्रिकेटर रासिद खान, न्यूजील्यान्डका क्रिकेटरहरु मिशेल म्याकक्लेनाघन र ल्यूक रोन्ची, श्रीलंकन क्रिकेटर थिसारा पेरेरा र पाकिस्तानी क्रिकेटर सोयब मल्लिक विश्व ११ मा रहेका छन् ।

सन्दीपले वेस्टइन्डिजविरुद्ध लर्डसमा खेल्ने

यो खेल एउटा स्टेडियम पुनःनिर्माणका लागि हुन लागेको हो । वेस्ट इन्डिजको क्यारेबियनमा आँधीले क्षतिग्रस्त भएको क्रिकेट मैदान पुनःनिर्माणका लागि यो खेल गर्न लागिएको आईसीसीले  जनाएको छ। यो अवसरका लागि दिल्लीले सन्दीपलाई ट्विटरमार्फत् बधाई दिएको हो ।यो खबर आजको अन्नपुर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *