यौन सन्तुष्टि नपाएपछि श्रीमतीले गरिन् सम्बन्ध बिच्छेद

Sharing is caring!

असार २३, २०७५ । इनरुवा नगरपालिका २ घर भएका एक दम्पतीको सम्बन्धमा फाटो आएको छ । विवाह भएको ६ महिना पछि आफुले यौन सन्तुष्टि नपाएको भन्दै श्रीमतीले सम्बन्ध बिच्छेद गरेपछि दुवै अलग बस्ने निर्णयमा पुगेका छन् ।

उनीहरुविच कुनै मनमुटा थिएन । श्रीमानले लाउन खान नदिएको भन्ने पनि गुनासो थिएन । श्रीमानले असाध्यै माया गर्ने गरेको स्थानीय बताउँछन् । तर उनीहरु श्रीमतीको इच्छामा अलग बस्ने निर्णयमा पुगेका हुन् ।
नगरपालिकाको न्यायिक समितिसम्म यो मुद्धा पुगे पछि दुवैको बयान अनुसार पुनः मिलेर बस्न सुझाव न्यायिक समितिले दिएको थियो । तर श्रीमतीले आफ्नो श्रीमानको यौन अङ्ग सानो भएको र आफुलाई यौन सन्तुष्टी पुरा गर्न नसकेको भन्दै आफु हालका श्रीमानसँग बस्न नसक्ने भने पछि छुट्टै बस्न सल्लाह दिएको न्यायिक समितिका सदस्य रञ्जेश भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार न्यायिक समितिमा उक्त मुद्दा असार पहिलो साता भन्दा अगाडि आएको थियो । ‘खान लााउन कुनै समस्या छैन । एक अर्कामा माया पनि पाईरहेको तर सँगै बस्दिन भन्दा हामी छक्क प¥यौ । निकै सम्झायौ पनि ।’ भट्टराईले भने, ‘तर कुरा अर्कै रहेछ । यौन इच्छा नै पुरा नभए पछि आफु श्रीमानसँग सँगै बस्न नसक्ने भने पछि अलग बस्न हामीले सल्लाह दिएका हौं ।’

इनरुवा २ का वडा सदस्य समेत रहेका समितिका सदस्य भट्टराई, नगरप्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधिहरु बीच उनीहरुले समस्या राखेका थिए । समस्या सुनाउँदै गर्दा जनप्रतिनिधीहरु आश्चर्यमा परे । श्रीमानले आफुले श्रीमतीलाई कुनै दुःख नदिएको खान लगाउन र माया ममतामा कुनै कमी नगरको र श्रीमतीलाई छाडने स्थिति नरहेको बताएका थिए । उनको भाइमा श्रीमतीले सहमती जनाउँदै समस्या सम्बन्धको बारेमा रहेको बताइन् ।

सदस्य भट्टराईका अनुसार विवाह भएको लामो समयसम्म आफु श्रीमानबाट यौन सन्तुष्टीको आशा राखेर घरजम गरेर बसे पनि श्रीमानले आफुलाई यौन सुखको अनुभुतिसमेत दिलाउन नसकेकाले यहाँ समस्या खुलाएको बताएकी थिइन् । यौन कुण्ठा पालेर बस्नु भन्दा समाजलाई सुनाउनु जाती भनेर उनले समस्या राखेको भट्टराइले बताए ।
छलफलमा सहभागी भएका जनप्रतिनिधिहरुले दुवै जनाको कुरा सुने पछि सम्बन्ध बिच्छेदका लागि बाटो खुल्ला गर्दै आपसी रुपमा छुट्टिने निर्णय गरिदिएको भट्टराईले जानकारी दिए । अन्य प्रकृतिका सम्बन्ध विच्छेदका मुद्धा निकै आउने गरेका भए पनि यस्तो प्रकृतिको मुद्धा नौलो भएको भट्टराईले बताए ।यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *