सुन तस्करी र हत्या प्रकरण : थप एक प्रहरी हवल्दार सम्पर्कमा, ३३ फरार

Sharing is caring!

वैशाख २३, २०७५ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणमा मुछिएका थप एक आरोपी मोरङ प्रहरीको सम्पर्कमा आएका छन् । सो प्रकरणमा मुछिएर विदेशमा रहेका चितवन जगतपुर ७ का प्रहरी हवल्दार अमरबहादुर थापालाई हेडक्वाटरले फिर्ता बोलाएपछि मोरङ प्रहरीको सम्पर्कमा आएका हुन् ।

उनलाई भोलि जिल्ला अदालत मोरङमा उपस्थित गराउने तयारी प्रहरीको छ । उनी सम्पर्कमा आएपछि सुन प्रकरण र सनम शाक्य हत्याकाण्डसँग जोडिएका ३० जना प्रहरी नियन्त्रणमा पुगेका छन् भने अझै ३३ जना फरार छन् ।

गत बुधवार प्रहरीले ६३ जना विरुद्ध जिल्ला अदालत मोरङमा ‘अपराधिक समूह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोवार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरेको थियो । बिहीबार र शुक्रबार ५ जनासँगको वयान सकिएको छ भने भोलिबाट थप आरोपितसंग बयानको क्रम सुरु हुनेछ ।

उनीहरु विरुद्ध १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा विगो माग दाबी गरिएको छ । यस काण्डका मुख्य नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ र एसएसपी श्यामबहादु खत्री सहित ३३ जना अझै फरार रहेको प्रहरीले जनाएको छ । यो खबर आजको कान्तिपुरमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *