बन्दसूचीबाट अन्सारीको नाम हटाउन सिफारिस

Sharing is caring!

फागुन १५, २०७५ । सत्तारूढ नेकपाले मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम मियाँ अन्सारीको नाम निर्वाचन आयोगमा आफ्नो पार्टीले पेस गरेको समानुपातिक बन्दसूचीबाट हटाउन सिफारिस गरेको छ । फागुन १० मा भएको केन्द्रीय सचिवालय बैठकले अन्सारीको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको नेकपाले जनाएको छ ।

पार्टीले सोमबार अन्सारीको नाम बन्दसूचीबाट हटाउन आयोगलाई पत्राचार गरेको हो । संवैधानिक परिषदको माघ ६ को बैठकले मुस्लिम आयोगको अध्यक्ष नियुक्त गर्न अन्सारीको नाम सिफारिस गरेको थियो ।

संघीय संसदको सुनुवाइ समितिमा उनीविरुद्ध शैक्षिक प्रमाणपत्र र नागरिकता नक्कली भएको र राजनीतिक दलमा आबद्धता रहेको भन्दै उजुरी परेको थियो । समितिले उनीविरुद्ध परेको उजुरीबारे जिल्ला प्रशासन, निर्वाचन आयोगमा जानकारी माग गरेको थियो । निर्वाचन आयोगले अन्सारी समानुपातिक बन्दसूचीमा रहेको भन्दै समितिलाई पत्र पठाइसकेको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पनि नागरिकताबारे जानकारी गराइसकेको छ ।

प्रशासनका अनुसार अन्सारीले ०५५ मा लिएको नागरिकता र ढड्डामा जन्ममिति २०३० छ । ०६६ मा लिएको नागरिकतामा पनि जन्ममिति २०३० छ भने ढड्डामा २०३७ लेखिएको छ । दुई थरी जन्ममिति तथा नागरिकता र ढड्डामा भएको ठेगाना फरक परेपछि उनी विवादमा तानिएका हुन् । यो खबर कान्तिपुरबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *