नेपाली विद्युत् निर्यातको ढोका खुल्यो

Sharing is caring!

पुस ९, २०७५ । भारतले आफ्नो क्रस–बोर्डर विद्युत् व्यापार निर्देशिका परिमार्जन गरेको छ । यसले नेपालमा उत्पादित विद्युत् खुला रूपमा भारत र तेस्रो मुलुक निर्यातको बाटो खुलेको छ । निर्देशिका परिमार्जनको औपचारिक जानकारी आइतबार प्राप्त भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बताए । नेपालले भारतलाई सो निर्देशिका परिमार्जन गर्न दुई वर्षदेखि आग्रह गर्दै आएको थियो ।  ‘निर्देशिका परिमार्जन गर्न हामीले गरेको आग्रहलाई अन्ततः भारतले सम्बोधन गरेको छ,’ मन्त्री पुनले भने, ‘अब नेपालको विद्युत्लाई भारत र भारत हुँदै तेस्रो मुलुकको बजारको ढोकासमेत खुलेको छ ।’

परिमार्जित निर्देशिकाअनुसार नेपालको कुनै पनि निकायले उत्पादन गरेको विद्युत्को सीमापार व्यापार खुलेको छ । यसअघि कम्तीमा ५१ प्रतिशत भारतीय लगानी भएका निकाय वा विद्युत् गृहले उत्पादन गरेको विद्युत् मात्रै भारत निर्यात हुन सक्ने व्यवस्था थियो । त्यस्तै, विद्युत्लाई भारतले रणनीतिक वस्तुको रूपमा परिभाषित गरेकोमा सो परिभाषा हटाइएको छ । त्रिदेशीय विद्युत् व्यापार गर्दा भारतीय भूमि उपयोग गर्न पाइने व्यवस्थासमेत परिमार्जित निर्देशिकामा गरिएको छ । यसका लागि भारतीय प्रसारण संरचना प्रयोग गर्न सकिने वा भारतीय भूमिमार्फत दुई देशबीच सीधै प्रसारण लाइन निर्माण गर्न सकिने दुई विकल्प खुला गरिएको छ । तर, त्यसका लागि भारतको स्वीकृति भने अनिवार्य गरिएको छ । त्यस्तै, भारतसँग द्वीपक्षीय सम्झौता रहेका देशहरूसँग भने सोही सम्झौताअनुसार नै विद्युत् व्यापार गर्नुपर्ने व्यवस्था गरेको छ । यो खबर नयाँ पत्रिकाबाट लिएका हौ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *