काँग्रेस महासमिति बैठकबाट विधान सर्वसम्मतिले पारित

Sharing is caring!

पुस ८, २०७५ ।  नेपाली काँग्रेसले महासमिति बैठकबाट विधान संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ । विधान पारित भएसँगै काँग्रेसको ९ दिनदेखि जारी पार्टीको महासमिति बैठक आज समापन भएको छ ।

पार्टी सभापति शेरबहादुर दे‍उवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अब पार्टीभित्र कुनै किसिमको वादविवाद नभएको भन्दै अब काँग्रेसलाई एकताकासाथ देशव्यापी अभियानमा लैजाने बताए ।

बैठकले काँग्रेसको राजनीतिक,आर्थिक, महामन्त्रीको संगाठनिक प्रस्ताव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतिले पास गरेको छ।

महासमितिबाट पारित पार्टीको विधान संसारकै राजनीतिक दलहरु मध्ये बढी समावेशी र विभिन्न जात र समुदायको प्रतिनिधित्व गर्ने रहेको बताए ।

पारित पार्टीको विधान वेबसाईटमार्फत सार्वजनिक गर्ने पनि काँग्रेसले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *