प्रधानमन्त्री कार्यालय मातहत भएपछि अनुसन्धानमूलक काम प्रभावकारी

Sharing is caring!

भदौ १४, २०७६ । सरकारका अनुसन्धानमूलक तीन निकायलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतमा ल्याएपछि ती निकायको कार्य प्रभावकारिता बढेको पाइएको छ । प्रधानमन्त्री मातहत ल्याइएको करिब डेढ वर्षको अवधिमा ती निकायमा कार्यक्षमता विस्तार हुनुका साथै उच्च मनोबलका साथ काम गरेको जानकारी ती निकायले दिएका छन् ।

वि.सं. २०७४ फागुनमा राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई देशको कार्यकारी प्रमुख मातहत ल्याएपछि काम गर्न सजिलो भएको, प्रतिवेदनहरूको कार्यान्वयन छिटो हुँदा ती निकायको कार्य प्रभावकारिता वृद्धि भएको हो ।

आर्थिक पारदर्शिता भ्रष्टाचारमा शून्य सहनशीलतादेखि राष्ट्रिय सुरक्षा र चासोका विषयमा खास उपलब्धि हासिल गर्ने गरी तीन निकायलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको थियो । विश्वव्यापी प्रचलन र राष्ट्रिय आवश्यकताका आधारमा यी तीन निकायलाई देशको कार्यकारी प्रमुख मातहत ल्याइएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँवर भन्नुहुन्छ, “अनुसन्धानमूलक निकायलाई सीधै प्रधानमन्त्री मातहत रहँदा ती निकायका अधिकारी तथा कर्मचारीमा उच्च मनोबल कायम हुन्छ, उहाँहरूलाई विभिन्न प्रक्रियागत काम पनि घटेको छ । यसबाहेक वित्तीय सुशासन कायम गर्न र राज्यका अनुसन्धान संयन्त्र एउटै निकायबाट परिचालन गरी प्रभावकारी परिणाम प्राप्त गर्न यस्तो व्यवस्था गरिएको हो । ” यो खबर गोरखापत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *