प्रधानमन्त्रीको गण्डकी सम्बोधनमा काँग्रेसले अवरोध गर्ने

Sharing is caring!

साउन २, २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहीबार गण्डकी प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रमलाई काँग्रेसले अवरोध गर्ने भएको छ ।

यसअघि नै प्रदेशसभा सचिवालयले प्रधानमन्त्रीको सम्बोधन कार्यतालिका तय गरिसकेको छ ।

अधिकांश प्रदेशसभामा सम्बोधन गरिसकेका ओलीले नयाँ संरचना बनेपछि पहिलो पटक गण्डकी प्रदेशसभालाई सम्बोधन गर्न लागेका हुन् ।

गण्डकी प्रदेशसभा सचिवालयले प्रधानमन्त्रीको सम्बोधनबारे निम्तो पठाईसकेको छ । जस अनुसार भोली दिउँसो साढे  १२ बजे प्रधानमनन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । तर, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामा अवरोध गर्ने जनाएको छ ।

काँग्रेस केन्द्रीय समितिकै निर्णय अनुसार कुनै पनि बैठक चलन नदिने काँग्रेस गण्डकी प्रदेशका उपनेता मेखलाल श्रेष्ठले बताउनुभयो ।

काँग्रेसले बिहीबार हुने सातै प्रदेशको प्रदेशसभा बैठक, प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *