राजेन्द्र महतोको प्रश्न : कम्युनिष्टहरुले गर्न खोजेको के ?

Sharing is caring!

चैत २६, २०८० । पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचानसँगैे अस्तित्व पनि मेटेको आरोप लगाएका छन् । सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देखि एमालेका अध्यक्ष केपी ओलीसम्मले नेपालको संस्कृति, सभ्यता र पहिचानसँगैे अस्तित्व पनि मेटेको आरोप लागाए ।

उनले भने, ‘कम्युनिष्टहरुले गर्न खोजेको के ? नेपालको सबै सभ्यता, संस्कृति मेटाइदिने । पहिचान मेटाएदिने । धर्म मेटाइदिन अनि सबै मेटाउँदा मेटाउँदै नेपालको अस्तित्व मेटाइदिने । पहिचान मेटाउनुको अर्थ नेपालको अस्तित्व मेटाउनु हो । नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरु आफैँ मेटिन्छन् । हाम्रो सभ्यता, संस्कृति र धर्ममाथि, हाम्रो पहिचानमाथि पटक पटक जुन आक्रमण प्रचण्डदेखि ओलीसम्मले गरे यिनीहरूको पतन हुन्छन । क्यापिटलिज्म, कम्यूनिज्म दुनियाँमा असफल भइसकेको छ । नेपाली जनतालाई कहिलेसम्म ठग्ने हो ? अब ठग्ने दिन गए ।’

उनले नेपालको जगमाथि नै प्रहार गर्ने काम सुरु भएको बताए । राज्य निर्माणको धरातल र जगमा राष्ट्र निर्माण भएको भन्दै त्यसलाई भत्काउने काम हुनु दुर्भाग्य भएको उनको भनाई छ ।

उनले भने,‘नेपालको जगमाथि नै प्रहार गर्ने काम सुरु भएको छ । राज्य निर्माणको जुन धरातल हो । जुन जगमा राष्ट्र निर्माण भएको छ । त्यसलाई भत्काउने काम हुनुहुँदैन । दुर्भाग्य देखियो भने त्यो जगलाई भत्काउने काम भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *