सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो

Sharing is caring!

चैत २६, २०८० । नेपाली बजारमा सोमबार पनि सुनको भाउ बढेको छ ।

आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । आज सुन तोलाको एक लाख ३६ हजार २ सय रुपैयाँ पुगेको छ । हिजो भने सुनको भाउ तोलाको एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ पनि आज १५ रुपैयाँ बढेर एक हजार ६ सय ८५ रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलाको एक हजार ६ सय ७० रुपैयाँ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *