श्रीमतिको हत्या अभियोगमा एक पक्राउ

Sharing is caring!

कात्तिक १, २०८० । आफ्नै श्रीमतीको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

पिटरले घरायसी बिवादको कारण खाना पकाउने कुकर प्रहार गर्दा उनकी श्रीमती गम्भीर घाइते भएकी थिइन । घाइते छविमायाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको र सो बारे सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीको टोलीले राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *