पहाड समृद्ध नभएसम्म देश समृद्ध हुँदैन : एमाले नेता ज्ञवाली

Sharing is caring!

कात्तिक १९, २०८० । नेकपा एमालेका उपमहासचिव पूर्वमन्त्री प्रदीप ज्ञवालीले देशको समृद्धीका लागि पहाडको समृद्धी आवश्यक रहेको बताएका छन् । नेकपा एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग जागरण अभियान अन्तर्गत सिन्धुलीको खुर्काेटमा आइतबार आयोजित कार्यक्रममा उनले पहाडबाट बसाई सर्ने प्रवृति रोक्न पनि जरुरी रहेको बताए ।

नेपालको ठुलो भाग पहाड रहेको बताउँदै ज्ञवालीले जबसम्म पहाडबाट बसाईँसर्ने क्रम रोक्न सकिँदैन तबसम्म समृद्ध नेपाल निर्माणको परिकल्पना पूरा नहुने बताए। ‘जबसम्म पहाड समृद्ध हुँदैन, तबसम्म सिंगो देश समृद्ध हुँदैन, जबसम्म पहाडाले विकासको अनुभूति गर्दैन, तबसम्म सिंगो देशले विकासको अनुभूति गर्दैन, जबसम्म पहाडलाई हामीले सम्पन्न बनाउन सक्दैनौँ, तबसम्म देशलाई सम्पन्न बनाउन सकिँदैन’, ज्ञवालीले भने ।

नेपालको आर्थिक, सामाजिक र राजनीतिक विकासमा पहाडको ठुलो भूमिका रहेको ज्ञवालीले बताए । पहाडको विकासलाई लक्षित गरी नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गको परिकल्पना गरेको ज्ञवालीले प्रष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *