प्रदेश ७ मा सम्पत्ति जति श्रीमतीका नाममा, मन्त्री ‘गरिब’

Sharing is caring!

जेठ १६, २०७५ । प्रदेश ७ का मुख्यमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा मुख्यमन्त्री र ३ जना मन्त्रीको आफ्नो नाममा घर र जग्गा छैन । तर, घर–जग्गा र गरगहनाको हकदार भने श्रीमती र परिवारका सदस्य बनाएको पाइएको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टको नाममा घर र जग्गा छैन । केआइसिंह गाउँपालिका–६ फलेडीमा भट्टकी श्रीमती दुर्कादेवी भट्टको नाममा साढे दुई रोपनी जग्गा तथा दाजु शालीग्राम भट्टको नाममा १८ रोपनी जग्गा र एउटा घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै, मुख्यमन्त्रीसँग बैंकमा ७० हजार रुपैयाँ नगद, १ तोला सुन र १५ तोला चाँदी रहेको विवरणमा उल्लेख छ । गाइ एउटा, १ मोबाइल र १ हातेघडी आफ्नो सम्पत्ति रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् । मुख्यमन्त्रीको १ लाख ४० हजार रुपैयाँ वित्तिय ऋण र २ लाख रुपैयाँ व्यक्तिगत ऋण रहेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहको नाममा घर र जग्गा छैन । उनकी श्रीमती लक्ष्मी भट्ट र दाइ डम्बरबहादुर शाहका नाममा बाजुरा, काठमाण्डौं र धनगढीमा घरजग्गा छ । लक्ष्मीको नाममा काठमाडौं गोठाटार–८ मा ३ आना दुई पैसामा बनेको घर, धनगढी–४ मा ६ कठ्ठा ८ धुर र कञ्चनपुरको दैजी–८ मा १६९३.१५ वर्गमिटर जग्गा रहेको छ ।

दाइ डम्बरबहादुरको नाममा बाजुरा बुढीगंगा–६ मा १ हजार २०५ वर्गमिटर जग्गामा घर तथा सोही ठाउँमा ९ हजार ७८० वर्गमिटर जग्गा रहेको मन्त्री शाहले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । मन्त्री शाहसँग ७३ हजार रुपैया बैंकमा नगद, १ स्कुटर, ५२ तोला सुन र ५०५ तोला चाँदी छ । यस्तै ४ लाख ६५ हजार १ सय रुपैयाँ बराबरको १ हजार ७१० कित्ता शेयर उनीसँग रहेको देखिन्छ । मन्त्री शाहले आफूसँग सम्पत्तिका रुपमा १ भैसी, १ बाख्रा र ७ लाख २० हजार रुपैयाँ वित्तिय ऋण रहेको उल्लेख गरेका छन् ।यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *