प्रदेश २ सभाले पाएन बिजनेस

Sharing is caring!

असोज ५, २०७५ । तीन सातासम्म प्रदेश सभाको बैठक बस्न नसक्दा विभिन्न कानुन निर्माणमा ढिलाइ भएको छ । १६ भदौदेखि स्थगित प्रदेश सभाको बैठक अहिलेसम्म बस्न सकेको छैन । प्रदेश सभा सचिवालयका सचिव दिवाकर पौडेलले पर्याप्त बिजनेस नहुँदा बैठक बस्न नसकेको जानकारी दिए । ‘केही विधेयक सचिवालयमा दर्ता भएका छन्, केही छलफलका लागि समितिमा छन्, अब बस्ने बैठकमा ती विधेयक प्रदेश सभामा प्रवेश पाउँछन्,’ उनले भने । प्रदेश सभाको बैठक तोक्ने र स्थगित गर्ने काम सभामुखको रहेको पौडेलले बताए ।

प्रदेश सभा बैठक पटक–पटक स्थगित भएपछि सरकारले पठाएको विधेयकमाथि छलफलसमेत हुन सकेको छैन । प्रदेश सभामा रहेका प्रदेश प्रहरीसम्बन्धी विधेयक, मदरसा बोर्ड गठनसम्बन्धी विधेयक, सुशासनसम्बन्धी विधेयक र प्रशासकीय कार्यविधि नियमित गर्नेसम्बन्धी विधेयकमाथि छलफल हुन सकेको छैन । यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *