सुन तस्करी छानबिनका लागि गठित अनुसन्धान समितिको म्याद थपियो, ठूला माछा खोज्दै समिति

Sharing is caring!

असार ४, २०७५ । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गठित गृह मन्त्रालयका सहसचिव इश्वराज पौडेल नेतृत्वको समितिको म्याद सरकारले १ महिनाका लागि थपेको छ ।

साढे ३८ क्विन्टल सुन तस्करी र सनम हत्यका अभियुक्तहरुलाई पक्राउ गरी जेल चलान गरिरहेको समितिले एक महिनामा सुन तस्करीमा प्रत्यक्ष र परोक्ष संलग्नता भएका व्यक्ति र ठूला माछा भनिनेलाई पनि पक्राउ गर्ने तयारी गरेको छ ।

३१ जेठको मन्त्रिपरिषदको बैठकले समितिको म्याद थपेको थियो । समितिले बाजेको सेकुवामा शिल लगाएकै दिन म्याद थपिएको हो ।
२० चैत, २०७४ मा गठन भएको छानबिन समितिलाई सुरूमा ४५ दिनको कार्यदेश दिइएको थियो । पहिलो चरणको म्याद सकिएपछि दोस्रो पटक जेठ मसान्तसम्म थप भएको थियो ।

९ सदस्यीय समितिमा गृहबाट उपसचिव भावेश्वर पाण्डे र कानुन अधिकृत भोजराज दाहाल छन् । महान्यायाधिवक्ताको कार्यालयबाट उपन्यायाधिबक्ता हरि रेग्मी सदस्य छन् भने यसैगरी राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, नेपाल प्रहरीको बिशेष ब्युरोमा कार्यरत एसएसपी बसन्त लामा र डिएसपी सुदिपराज पाठक र सई सुमन कार्की, प्रहरीकै केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक भीष्म हुमागाई पनि सदस्य छन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *