कांग्रेसमा पदाधिकारी बढाउनेबारे शीर्ष नेताको मौनता

Sharing is caring!

मंसिर २३, २०७५ । कांग्रेसका शीर्ष नेता नै पदाधिकारी नबढाउने मनस्थितिमा देखिएका छन् । नौ दिनसम्म विधान मस्यौदामाथि छलफलमा बोल्दै पदाधिकारीसहितका नेताहरूले खुलेर पदाधिकारी बढाउने पक्षमा लबिङ नगरेका हुन् । सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महत पदाधिकारी बढाउने पक्षमा छैनन् । देउवा, निधि, शशांक, अर्का महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री महत कसैले पनि पदाधिकारी बढाउनेबारे खुलेर कुरा राखेनन् ।

नेता रामचन्द्र पौडेलले देश संघीयतामा गएको भन्दै सात उपसभापति वा सात सहमहामन्त्री बनाएर प्रदेशको जिम्मा दिनुपर्ने धारणा राखे । कोषाध्यक्ष सीतादेवी यादवले महिलाको ३३ प्रतिनिधित्व पार्टीका सबै तहमा हुनुपर्ने र समावेशितामा समेट्नुपर्ने बताइन् । ‘पदाधिकारीको संख्या ठूलो बनाउने विषय मात्र समस्याको समाधान होइन,’ कांग्रेस सहमहामन्त्री महतले भने, ‘केही व्यक्ति व्यवस्थापनका लागि पदाधिकारी बढाउनु ठूलो होइन, पार्टी संगठन ठूलो हो ।’यो खबर नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *