निर्मलाका हत्यारा पक्राउ परिसकेको उपप्रधानमन्त्री पोखरेलको दाबी, चाँडै सार्वजनिक गरिने

Sharing is caring!

मंसिर २३, २०७५ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरकी किशोरी निर्मला पन्तका हत्यारा पक्राउ परिसकेको दाबी गरेका छन् । तिनलाई सरकारले चाँडै सार्वजनिक गर्ने शनिबार आयोजित १०औं मानव अधिकार राष्ट्रिय महाभेलामा उनले बताए ।

‘म यति भन्न चाहन्छु कि निर्मलाको बलात्कारपछि हत्या गर्ने अपराधी पत्ता लागिसकेका छन्, नियन्त्रणमा आइसकेका छन् । सरकारले चाँडै विधिसम्मत ढंगले अभियुक्त सार्वजनिक गर्छ,’ उनले भने । पोखरेलले प्रमुख प्रतिपक्षी कांग्रेसप्रति संकेत गर्दै हत्यारा सार्वजनिक गर्दा राजनीतिक ध्येय बोकेकाहरू छाता ओढाउन आउने खतरा रहेकोसमेत बताए । ‘मलाई सरकारले हत्यारालाई सार्वजनिक गर्दा राजनीतिक ध्येय बोकेकाहरू छाता ओढाउन आउने हुन् कि भन्ने डर लागेको छ,’ उनले कार्यक्रममा उपस्थित कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाललाई सम्बोधन गर्दै भने, ‘पुष्पाजी ख्याल गर्नुहोला ।’

उनले निर्मलालाई न्याय दिलाउन माग गर्ने दलका नेता–कार्यकर्ता र अधिकारकर्मीलाई सरकारले हत्यारा सार्वजनिक गर्दा तिनको संरक्षणमा नउत्रन आग्रह गरे । ‘आज जो–जो निर्मलाको हत्यारालाई कारबाही गर्न माग गर्दै एउटा झन्डा बनाएर सडकमा आउनुभएको छ । माफ गर्नुहोला, सरकारले अपराधी सार्वजनिक गर्दा कोही पनि छाता ओढाउन नआउनुहोला । त्यो त कहाँ हो र विचरा, निर्दोष थियो, अर्कै पो हो । सरकारले लुकायो भनेर छाता ओढाउन नआउनुहोला । यस्ता संवेदनशील विषयमा कसैले पनि राजनीतिक रोटी सेक्नु हुँदैन ।’यो खबर कान्तिपुरबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *