प्रदूषणले घटाउँदै पाँच वर्ष आयु

Sharing is caring!


भदौ १३, २०८० । वर्षाको समय छ। वर्षाका कारण वायु प्रदूषण घटेकाले खासै चर्चा छैन तापनि सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले नेपालमा वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पारेको र नेपालीको सरदर आयु घटेको देखाएको छ।

मंगलबार सार्वजनिक र सन् २०२१ को तथ्यांकका आधारमा तयार ‘एयर क्वालिटी लाइफ इन्डेक्स-२०२३’ नामक अन्र्तराष्ट्रिय प्रतिवेदनका अनुसार वायु प्रदूषणका कारण नेपालीको सरदर आयु ४.६ वर्षले घटेको छ। तराईका ९ जिल्लाका स्थानीयको सरदर आयुमा त झन् ६.८ वर्षले कटौती भएको छ।

भूउपग्रह (सेटेलाइट)मा आधारित रहेर संकलन गरिएको पिएम २.५ को तथ्यांकले नेपाल विश्वकै सर्वाधिक प्रदूषित राष्ट्रको सूचीमा तेस्रो नम्बरमा रहेको देखाएको छ। वायु प्रदूषण मापन प्रतिघनमिटरमा २.५ माइक्रोमिटर तथा त्योभन्दा सानो व्यास भएका सूक्ष्म कणहरूलाई पिएम २.५ को रूपमा गरिन्छ।

हरेक वर्ष अद्यावधिक गरिने यो अन्तर्राष्ट्रिय प्रतिवेदनका अनुसार विश्व स्वास्थ्य संगठनले तोकेको पिएम २।५ मापदण्डका आधारमा नेपालीको सरदर आयु (लाइफ एक्सपेक्टेन्सी) घटाउने घातक प्रभावका हिसाबले सवैभन्दा ठूलो कारक वायु प्रदूषण बनेको छ। वायु प्रदूषणले सरदरमा ४.६ वर्ष आयु कटौती गरेको छ भने त्यसपछि दोस्रोमा धूमपानले २.८ वर्ष र उच्च रक्त चापले १.७ वर्ष आयु घटाएको तथ्य प्रतिवेदनमा उल्लेख गरिएको छ।

विश्व स्वास्थ्य संगठनको मापदण्डका आधारमा वर्षभरिको सरदर पार्टुकुलेट प्रदूषणका हिसाबले नेपालका सम्पूर्ण जनसंख्या प्रदूषित हावा लिन बाध्य भएको प्रतिवेदनमा उल्लेख छ।

नेपालमा हावामा हुने ससाना विषाक्त कणका कारण हुने पार्टुकुलेट प्रदूषण लगातार बढ्दो क्रममा छ। सन् १९९८ को तुलनामा पार्टुकुलेट प्रदूषण सन् २०२१ सम्म आउँदा ७५.२ प्रतिशतले बढेको छ। प्रतिवेदनका अनुसार सन् १९९८ यता वायु प्रदूषणका कारण नेपालीको सरदर आयु २.२ वर्षले घटेको छ।

भारतसँग सिमाना जोडिएका अत्यधिक प्रदूषण रहेकामध्ये तथा तराई जिल्लामा विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० को मापदण्डअनुसार वायु प्रदूषण कायम गर्न सके सरदर आयु ६।५ प्रतिशतले बढ्ने देखिन्छ। यसैगरी डब्लुएचओ मापदण्डको परिपालन भएमा काठमाडौंवासीको सरदर आयु ३।५ वर्षले बढ्ने देखिएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार हावामा वार्षिक रूपमा सरदरमा पिएम २।५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ। तर नेपालको वायु गुणस्तर मापदण्डले यसलाई ४० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ। यो हिसाबले डब्लुएचओले तोकेको पिएम २।५ मापदण्ड ९वार्षिक सरदर ५ माइक्रोग्राम प्रतिघनमिटर० भन्दा नेपालले तोकेको राष्ट्रिय मापदण्ड ८ गुनाले बढी छ।

यही तथ्यलाई जोड दिँदै स्वास्थ्य बोझको हिसाबले पार्टुकुलेट प्रदूषणको नेपालमा यति ठुलो जोखिम र चुनौती हुँदाहुँदै पनि नेपालले पिएम २।५ को वार्षिक मापदण्डलाई अद्यावधिक नगरेको प्रतिवेदनमा उल्लेख छ। नेपालमा विशेषगरी डिजेलमा आधारित सवारीसाधनले गर्ने उत्सर्जन, वनजंगलमा डढेलो लाग्दा निस्कने धुवाँ, इँटा कारखानाले गर्ने धुवाँ उत्सर्जन, कृषि अवशेष जलाउँदा र फोहोर बाल्दा हुने उत्सर्जन वायु प्रदूषणका प्रमुख कारण मानिँदै आएको छ।
यसैगरी उत्तरी भारतीय राज्यमा ठूलो मात्रामा कृषि अवशेष जलाउँदा हुने प्रदूषण नेपालमा समेत आउने मानिएको छ। शरीरका अधिकांश अंगलाई असर पार्ने वायु प्रदूषणका कारण पछिल्ला वर्षमा विशेषगरी श्वासप्रश्वास, फोक्सोको क्यान्सर, मुटु रोग, हाइपर टेन्सन, मस्तिष्कघातका बिरामीको संख्या बढेको देखिएको छ।

स्टेट अफ ग्लोबल एयर २०२० प्रतिवेदनका अनुसार घरभित्र र बाहिर हुने वायु प्रदूषणका कारण सन् २०१९ मा नेपालमा ४२ हजार जनाको मृत्यु भएको थियो। वायु प्रदूषणजन्य मृत्युमध्ये १९ प्रतिशत ५ वर्षमुनिका बालबालिका र २७ प्रतिशत ७० वर्ष उमेरमाथिका रहेको अध्ययनले देखाएका छन्। यो खबर नागरिक दैनिकबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *