एमसीसीविरुद्ध चार दलले प्रर्दशन गर्दै

Sharing is caring!

भदौ १३, २०८० । चार कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेक्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषी कटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले संघर्षका कार्यक्रम घोषणा गरेका हुन्।

उनीहरूले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै बुधार देशव्यापी संयुक्त विरोध प्रदर्शन गर्ने घोषणा गर्दै काठमाडौं उपत्यकामा माइतिघर मण्डलामा प्रर्दशन गर्ने जनाएका छन् । काठमाडौंको माइतिघर मण्डलामा दिउँसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने जनाएका छन् ।

एमसीसी परियोजना आज देखि कार्यान्वयनमा आउँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *